कथा
खालको खेल
दशैँ र तिहारमा गाउँ र टोलमा थापिने खालमा कौडा, तास र लङ्गुर बुर्जा सँगै चल्छन्। कपडाको पाटीमा छवटा चिह्न, पित्तलको कचौरा र थाल, र साहुको मुठ्ठीमा हल्लिने पासाको खरखर। कतै यसलाई कचौराको आवाजबाट खोरखोरे पनि भनिन्छ।
बेलायतको क्राउन एन्ड एन्कर र भारतको झण्डी मुण्डा यसैका नातेदार हुन्। क्राउन एन्ड एन्करमा तीन पासा हुन्छन्; हाम्रोमा छ, त्यसैले एउटा पासामा मात्र आएको चिह्नले तिर्दैन।
यो पाना खेलौना पैसामा मात्र चल्छ। नियम ठाउँअनुसार फरक हुन्छन्; यहाँको भुक्तानी तालिका अझै कसैले जाँचेको छैन।
स्रोत
- Wikipedia, "Crown and Anchor": नेपालमा यसको नाम लङ्गुर बुर्जा।
- द हिमालयन टाइम्स, "Roll of dice" (२००७): छवटा चिह्नका नाम पान, सुरत, लङ्गुर/झन्डा, बुर्जा, इँट, चिडी।
- gamerules.com, "Jhandi Munda": छवटा पासा; तीन पासामा आए तीन गुणा।